संक्षिप्त परिचय
प्राकृतिक सुन्दरताले सुशोभित यस क्षेत्रलाई डडेल्धुरा नामाकरंण गर्नु पहिले वागखोडा (-वाघको गूफा), तल्लो खलंगा, मल्लो खलंगा, श्वार खलंगा आदि नामले पूकारिन्थ्यो । डडेल्धुरा नामाकरण कहिले देखि गरियो भन्ने एंेतिहासिक प्रमाण नपाईएता पनि यसको नाम डडेल्धुरा कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्तीहरु पाईन्छ । यस सर्न्दर्भमा यस जिल्लाको नाम यसको भौगोलिक वनावटको (अग्ला अग्ला पहाडी श्रृंखला) आधारमा गरिएको हो भन्ने भनाई केही व्यक्तिहरुको रहेको छ । यहाँको स्थानीय भाषामा मेरुदण्डलाई डडाल्नो र अग्लो चूचूरोलाई धूरो भनिने हुँदा डडाल्नु जस्तो धुराबाट कालान्तरमा अपभ्रंश भई जनज्रि्रोमा डडेल्धुरा भनिन थालिएको हो । यस जिल्लामा रहेका दलिन जस्ता डाँडा, घना जंगल र जाडो भएको कारणले डडेल्धुरा नाम रहन गएको भन्ने अर्को भनाई पनि रहेको छ ।
डडेल्धुराको नामाकरणाबारे अर्काथरी मतालम्बीहरुका अनुसार नेपाल एकीकरण पूर्व यस जिल्लाको नाम कतै उल्लेख भएको पाइदैन । त्यस समयमा हाल सदरमुकाम रहेको तल्लो क्षेत्र खलङगालाई प्रशासनिक इकाई कायम गरिएको थियो । तत्कालिन प्रशासनको मुख्य दायित्व शान्ति सुरक्षा कायम गर्नु रहेकोले अन्यायीहरुलाई दणड दिने ठँउ पनि यही प्रशासनबाट हुने गर्दथ्यो । एकीकरण पछि यस क्षेत्रका स्थानीय बासिन्दाहरुले व्यापक व्रि्रोह गरेका थिए । दण्ड दिने ठाँउको आकार धुरा जस्तो भएकोले दण्डालधुरा भन्ने गर्दा गर्दै जनजिब्रोबाट डडेल्धुरा नामाकरण भएको हो भन्ने जनविश्वास छ। नेपालको नक्सामा पश्चिम पट्टीको किनारमा देखिने डडेल्धुरा जिल्ला सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको माहाकाली अञ्चलमा पर्द छ ।
थप पढ्नुहोस्